बढ्यो सुनचाँदीको मूल्य, ताेलामा कति?

राम्रो अनलाइन     ०९ मंसिर २०८१, आइतबार
बढ्यो सुनचाँदीको मूल्य, ताेलामा कति?

 

काठमाडाैं – साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।

शुक्रबार सुन प्रतितोला १ लाख ६५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। आज १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया