बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

राम्रो अनलाइन     ०५ माघ २०८०, शुक्रबार
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं–  शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । 

बिहीबार  तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ३ सय ९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया