बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले सोमबार दाबी पेश गर्ने 

राम्रो अनलाइन     ०६ साउन २०८१, आइतबार
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले सोमबार दाबी पेश गर्ने 


काठमाडौं– नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले सोमबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । कांग्रेसका साथै नेकपा एमालेको समर्थनमा लामाले सोमबार दाबी पेश गर्ने भएका हुन् ।

कांग्रेस सांसद कुन्दनराज काफ्लेका अनुसार सोमबार बिहान १० बजे मुख्यमन्त्रीको दाबी पेश गरिने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएपछि दुई ठूला दलले नयाँ सरकारको दाबी गर्न लागेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आइतबार आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले ८ साउन साँझ ५ बजेसम्मको समय दिएका छन् । प्रदेश सरकार संविधानको धारा १६८ (२) अनुसार गठन हुने भएको छ । कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा समेत छलफल जारी रहेको काफ्लेले जानकारी गराए ।

प्रतिक्रिया