बागलुङ– बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ भन्दै कार्यक्रम गर्न बागलुङ पुगेका प्रसाईंमाथि हातपात भएको हो ।
उनीमाथि हातपात गर्ने बागलुङका धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।