काठमाडौं– महिला उद्यमी महासंघ नेपालले नेप्को इन्टरटेन्मेन्ससगँको सहकार्यमा अस्ट्रेलियाको मेलवर्नमा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना गर्ने भएको छ । नेप्को इन्टरटेन्मेन्सको आयोजनामा हुन लागेको सो मेलामा महिला उद्यमी महासंघ नेपाल सह आयोजकको रुपमा आफनो भुमिका निवार्ह गर्ने छ । मेला डिसेम्बर १४ र १५ मा स्थानीय समय अनुसार बिहान १० बजेबाट साँझ ५ बजेसम्म सञ्चालन हुने छ । महिला उद्यमी महासंघ नेपाल अन्र्तराष्ट्रिय स्तरमा आयोजना हुन लागेको प्रर्दशनी मेलामा पहिलो पटक सह आयोजकको रुपमा आफ्नो भुमिका वहन गर्न लागिरहेको महासंघकी अध्यक्ष शोभा ज्ञवालीले बताइन् ।
मेलामा नेपाली कच्चा पदार्थहरुका साथै स्थानीय सीप तथा प्रविधिको प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवाहरुलाई विक्री एवं प्रर्दशनीका लागि राखिनेछ । सो मेलामा महासंघले नेपाली उद्यमीहरुद्धारा उत्पादन गरिएका हस्तकला, कृषि,शिक्षा, पर्यटन, खाद्य उत्पादनका साथै नेपाली सास्कृतिक उत्पादनहरुको प्रर्वद्धन, प्रर्दशन तथा विक्रि वितरण गरिने अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । मेलामा
सहभागिताबाट नेपाली उद्यमीहरुलाई व्यवसायी देखि व्यवसायी र ब्यवसायी देखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयको लागि उत्कृष्ट अवसरहरुको खोजीमा मद्दत पुग्ने बताइएको छ ।
मेलाको आयोजनाको क्रममा शिक्षा क्षेत्रका व्यक्तित्वहरु, विद्यार्थीहरु,पर्यटक तथा पर्यटन व्यवसायीहरु पनि सहभागीताले नेपालमा अन्र्तराष्ट्रिय पर्यटकहरुको आगमनमा वृद्धी हुनुका साथै अन्र्तराष्ट्रिय स्तरका व्यवसायीहरु तथा लगानीकर्तालाई नेपाली उद्योगहरुमा लगानीका लागि अवसरहरु प्राप्त हुने भएकाले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि यस मेलाले महत्वपुर्ण भुमिका निवार्ह गर्नेमा महासंघ पुर्ण रुपमा विश्वस्त रहेको छ ।
मेलामा सहभागिता मार्फत नेपाली उद्यमीहरुका उत्पादनहरुको अन्र्तराष्ट्रिय बजारमा पहँुच पुग्नुका साथै विक्रिवितरणका लागि दिर्घकालिन अवसर प्राप्त हुनेछ । नेपाली उद्यमीहरुले लघु,घरेलु,साना तथा मझौला उद्योगहरु मार्फत वस्तु तथा सेवाहरुको उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेका छन् । तर अन्र्तराष्ट्रिय बजारसम्म पहुँच नपुगेको विषयलाई मèयनजर गर्दै अस्ट्रेलियाको मेलवर्नमा एक स्थायी विक्रि कक्षको स्थापना तथा सञ्चालन गर्ने लक्ष्यका साथ तयारी गरिरहेकोे छ । महासंघको यस प्रयासले उद्यमीका उत्पादनलाई अन्र्तराष्ट्रिय बजारमा पहँुच पुरयाउन एक साझा पुलको रुपमा आफ्नो भुमिका निवार्ह गर्नेछ ।