काठमाडौँ– बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।
सरकारी जग्गा निजी बनाएको मुद्दामा बुधबार तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर रिहा भएका हुन्। चौधरीमाथि किर्ते र ठगी मुद्दामा अनुसन्धान भने कायमै रहने छ ।