अफ्टाको बोर्ड निर्देशकमा नाट्टाका अध्यक्ष थपलिया चयन

राम्रो अनलाइन     १८ चैत २०८२, बुधबार
अफ्टाको बोर्ड निर्देशकमा नाट्टाका अध्यक्ष थपलिया चयन

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलिया विश्वभरका ट्राभल एजेन्सीहरूको छाता संस्था युनाइटेड फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन (अफ्टा)को बोर्ड निर्देशकमा नियुक्त भएका हुन् । 

अफ्टाका अध्यक्ष सुनिलकुमार आरका अध्यक्षतामा सम्पन्न अफ्टाको वार्षिक साधारणसभाबाट नाट्टाका अध्यक्ष थपलिया बोर्ड निर्देशकमा नियुक्त भएका हुन् । विश्वका प्रतिष्ठित पर्यटन क्षेत्रका व्यक्तिको सहभागिता रहने अफ्टामा नेपालले सहभागिता जनाएको हो ।

अध्यक्ष थपलियासँगै उक्त बोर्डमा चेतिन गुर्चुन (टर्की), दुमिन्दा कुरुविताच्र्ची (श्रीलङ्का), योसेफ फाताएल (इजरायल) र मेरिजेल मनोटोक (फिलिपिन्सं) नियुक्त  भएको नाट्टाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

सन् १९६६ मा स्थापना भएको अफ्टा विश्वभरका ट्राभल एजेन्सीहरूको छाता संस्था हो । उक्त संस्थामा विश्वभरका आट सयभन्दा बढी ट्राभल कम्पनी आबद्ध छन् । इटलीको मोनाकामा प्रधान कार्यालय रहेको अफ्टाले विश्वभरका हवाई उड्डयनको मुद्दालाई प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको छ ।

प्रतिक्रिया