अन्तर्राष्ट्रिय भुक्तानीका लागि हिमालयन बैंकको ‘एचबीएल डलर प्रिपेड कार्ड’ सेवा

राम्रो अनलाइन     १७ चैत २०७७, मङ्गलबार
अन्तर्राष्ट्रिय भुक्तानीका लागि हिमालयन बैंकको ‘एचबीएल डलर प्रिपेड कार्ड’ सेवा

हिमालयन बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबीएल डलर प्रिपेड कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्दछन् ।

यस कार्ड सुविधाबाट खातावालाहरुले भारतबाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटीएम र ४२०० भन्दा बढी पीओएस टरमिनल्स मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया