सुरुमा म २५ जना कन्टेस्टेन सिस्टर्सहरुलाई धन्यवाद भन्न चाहन्छु । मेरो यो जर्नीमा उहाँबाट धेरै सिक्ने मौका पाएकी छु । नेपाली जो विश्वभर छरिएर बस्नुभएको छ, भोटिङको माध्यम होस् या सामाजिक सञ्जालबाट उहाँहरुले मेरो सपना पूरा गर्न जुन मेहनत गर्नुभएको छ, उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु ।
मेरो घर तनहुँमा हो । म २५ वर्षकी भएँ । म तीन वर्षदेखि अस्ट्रेलियामा रजिष्टर्ड नर्सको रुपमा कार्यरत छु । नर्सिङमा स्नातक उत्तीर्ण गरेको छु । मेरो उचाइ ५ फिट ४ इन्च छ । १५ वर्षको उमेरमा म मिस एसएलसी पोखरा भएकी थिएँ ।
अडिसनदेखि नै म मिस इन्टरनेसनल नेपाल हुन्छु भनेर सोचेकी थिएँ । ट्रेनिङ सेसनहरुमा पनि मैले साथीहरुलाई दोहोर्याएर यो कुरा भनिरहेकी हुन्थें । यो ताज लगाउँदा मलाई सपनाजस्तो लागेको थियो र सपना पूरा भयो भन्ने लाग्यो ।
लिगेसीको कुरा गर्दा यसअघि प्रसिद्धिले जापानमा राम्रो प्रस्तुति दिनुभएको थियो । जापानमा प्रस्तुति दिन म उत्साहित छु । दुई महिनापछि हाम्रो फिनाले हुँदैछ । मैले मनले सोचेको कुरा प्राप्त गरें । धेरै खुसी छु ।
म अस्ट्रेलियामा रजिस्टर्ड नर्स भएर तीन वर्षदेखि कार्यरत छु । सोचेर नै म आएकी हुँ । सञ्जोग र भाग्यको खेल हो । मेहनत त छँदैछ । अहिलेको लागि योजना भनेको म नेपालमै बस्छु र मेरो प्रोजेक्टतर्फ नै लाग्दैछु । मेरो पूर्ण योजना भनेको नै मिस इन्टरनेसनलमा समय दिएर मेरो देशलाई कसरी प्रस्तुत गरौं भन्ने छ । नेपालमै बसेर काम गर्न चाहन्छु ।
विदेशिएको मान्छे, अस्ट्रेलियामा नर्सिङ पेशामा रहेको मान्छे करिअर नै छाडेर मिस नेपालमा कत्तिको भूमिका खेल्न सक्दो रहेछ भनेर त्यही नै प्रमाणित हुन्छ । लाइफस्टाइल र करिअर जुन थियो, प्राज्ञिक र व्यावसायिक रुपमा पनि यी सबै छाडेर म आफ्नो देशमा फर्कन्छु र मिस नेपाल प्लाटफर्म जसले मलाई भ्वाइस दिन्छ, आज मिस नेपाल भैसकेपछि हामीले आज बोलेका धेरै कुरा सुन्नुहुन्छ । एक प्रतिशत मान्छेले परिवर्तन ल्याउन सक्छ ।
मैले बोल्दा अब त सारा देशले सुन्नुहुन्छ । हामीले कुन विषयमा के बोल्दैछौं भन्ने कुरामा हामी विचारशील हुनुपर्छ । त्यो प्रभाव देखिएको छ । विगतमा हाम्रा मिस नेपालहरुले गर्नुभएको काम उदाहरणीय छ ।