अभिनेत्री प्रियंका कार्की भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्डका लागि छनोट  

राम्रो अनलाइन     ०९ जेठ २०८१, बुधबार
अभिनेत्री प्रियंका कार्की भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्डका लागि छनोट  


काठमाडौँ– अभिनेत्री प्रियंका कार्कीले भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्ड प्रदान गर्न लागिएको छ । उनलाई उक्त अवार्डका लागि छनोट भएको कुरा फाउन्डेशनले गत मे १९ मा पत्राचार गरेर जानकारी गरेको हो । दादासाहेब फाल्के फिल्म अवार्डमा प्रियंकालाई बेस्ट एक्ट्रेस नेपाल‌ अवार्डबाट सम्मानित गरिनेछ ।

बुहारी प्रियंकाले अवार्ड पाउने भएपछि सासु रविनाले उनलाई नेपाली चलचित्र क्षेत्रकी ‘रानी’ को नै उपाधि दिइकी छिन् । उनले प्रियंकाले मुम्बईमा बेस्ट एक्ट्रेस नेपालको उपाधि पाउने भएपछि सामाजिक सन्जालमा एउटा स्टाटस लेखेकी छिन् । उनी लेख्छिन् – ‘तिमी हाम्रो जीवनको र नेपाली फिल्मकी रानी हौ । तिमी यो गौरवपूर्ण अवार्डको लागि योग्य थियौ ।’

प्रतिक्रिया