धरानकी मलिना जोशीले सन् २०११ मा मिस नेपालको उपाधि जितिन् । धरानमै ब्याचलर्ससम्म पढेकी उनी एमबिएका लागि काठमाडौं आइन् । उनी माहिली छोरी हुन् । उनका एक दिदी र एक भाइ छन् । जागिरे पारिवारिक पृष्ठभूमिकी उनलाई मिस नेपालमा प्रतिस्पर्धा गर्ने इच्छा थियो । उनी सानैदेखि क्याटवाक गर्न मन पराउने तथा नयाँ पहिरन लगाउन रुचाउने गर्थिन् । मलिनाले एमबिए सकेपछि मिस नेपाल प्रतियोगितामा भाग लिइन् । उनले घरमा नभनी नै प्रतियोगितामा भाग लिएको थिइन् । ‘भिड्छु भन्ने पहिलादेखि नै आफ्नो इच्छा रहेको थियो तर पारिवारिक सपोर्ट थिएन, घरमा कसैले पनि यस्तो प्रतियोगिता भनेपछि मन पराउनु हुँदैन थियो, ग्ल्यामर, मोडलिङ इष्डष्ट्रिज वा मिस नेपालमा लागोस् भन्ने नै थिएन’, उनले खुलाइन्, ‘सबै पढाइ सकेपछि घरमा नभनी नै मैले यस प्रतियोगितामा भाग लिएँ, भाग्य बलियो रहेछ धन्नँ जितें ।’ आफूमा दृढता र आत्मविश्वासले नै उपाधि दिलाएको उनले बताइन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छिन् । ७ वर्षदेखि सिने क्षेत्रमा करिअर बनाउँदै आएकी उनले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । तस्बिरः मलिनाको फेसबुक पेजबाट



