आर्यतारा होल्डिङ्सको साधारणसभा सम्पन्न

राम्रो अनलाइन     १२ असोज २०८२, आइतबार
आर्यतारा होल्डिङ्सको साधारणसभा सम्पन्न

काठमाडौँ–आर्थिक लगानी प्रवद्र्धनका लागि स्थापना भएको आर्यतारा होल्डिङ्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालका अनुभवी एवं सफल पर्यटनव्यवसायीहरु सो संस्थाको प्रवर्धक रहेका छन् ।  

होल्डिङसका अध्यक्ष नवराज अंगाईले हाल संस्थाले गरिरहेको लगानी, आर्थिक मौज्दातको अवस्था तथा भावी योजनासम्वन्धी प्रतिवेदन पेश गर्दै लगानीका क्षेत्र पहिचान गरी मुलुकको आर्थिक उन्नतिमा केही टेवा पुगोस भन्ने हेतुले आर्यतारा होल्डिङ्स स्थापना गर्नु परेको बताए। 

सो संस्थाले जलविद्युत, हस्पिटालिटी, स्वास्थ्य र सिमेन्ट उद्योगमा लगानी गरेको जानकारी दिदै अध्यक्ष अंगाईले आगामी दिनमा मुख्यगरी हस्पिटालिटी क्षेत्र अन्तरगत होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटन र जलविद्युत उत्पादनमा लगानी बढाउने स्पष्ट पारे। 

त्यस्तै, हवाईसेवा अन्तरगत हेलिकप्टर, कृषिमा आधुनिक प्रविधिमार्फत उत्पादन, बजार व्यवस्थापन तथा गुणस्तरिय शिक्षा, स्वास्थ्य सेवा प्रवर्धनमा लगानी बढाउदा होल्डिङका शेयर सदस्यहरु र समंग्र मुलुकको आर्थिक उन्नतिमा फाइदा पुग्ने अपेक्षा गरिएको छ । 

होल्डिङ्सका सल्लाहकार एवं वरिष्ठ पर्यटन व्यवसायी भीमप्रसाद पन्तले एकसय जना शेयर सदस्यहरु रहेको होल्डिङको लगानीक्षेत्र फराकिलो बनाइ नाफा आर्जन गर्ने भन्दा समंग्र देश र शेयरसदस्यहरुको हित हुने गरी आर्थिक गतिविधिलाई अगाडि बढाउनु पर्नेमा जोड दिए। 

त्यसका लागी विभिन्न क्षेत्रमा अध्ययन भईरहेको र आगामी दिनमा संस्थाले उचित निर्णय गर्ने जानकारी समेत उनले दिए। होल्डिङसको सञ्चालकमा श्याम शर्मा ९आचार्य०, माधव नारायण तिवारी, तुल्सीप्रसाद भट्ट र ध्रुव प्रसाद भट्ट हुन्। संस्थाका सल्लाहकार प्रकाशचन्द्र देवकोटा, मुक्ति पाण्डे र नारायण रेग्मीले व्यवसायिक सफलताका लागि शुभकामना दिएका थिए । 

प्रतिक्रिया