आलमविरुद्ध आज अन्तिम सुनुवाइ

राम्रो अनलाइन     २८ माघ २०८०, आइतबार
आलमविरुद्ध आज अन्तिम सुनुवाइ

काठमाडौँ–  नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलम लगायतविरुद्ध दायर मुद्दा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ । ४ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो ।

लामो अन्यौलका बिच रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको हो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका आलममाथि लागेको छ ।

यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

प्रतिक्रिया