काठमाडौँ– आज देशभरका फिल्म हल बन्द भएका छन । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गरिएको छ।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै नेपाल चलचित्र संघले केही दिन अघि देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयको समर्थन गर्दै आज हल बन्द गरिएको हो ।
सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको जनाएको छ ।