बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     ०८ पुस २०८०, आइतबार
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी आज(आइतबार) प्रतितोला १४ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार प्रतितोला १४ सय ८५ रूपैयाँमा कारोबार भएको थियो । 
 

प्रतिक्रिया