मन्त्री किराँतीको अभिव्यक्ति ‘क्रिश्चियन नमान्ने देशद्रोही हुन, जेल हाल्ने हो’

राम्रो अनलाइन     ०५ पुस २०८०, बिहिबार
मन्त्री किराँतीको अभिव्यक्ति ‘क्रिश्चियन नमान्ने देशद्रोही हुन, जेल हाल्ने हो’

काठमाडौँ– काठमाडौँमा आयोजित क्रिश्चियन महोत्सवमा बोल्दै मन्त्री किराँतीले क्रिश्चियन नमान्नेहरूले संविधान नमान्ने र संविधान नमान्नेहरू देशद्रोही भएकाले हतकडी लगाएर जेलमा हाल्नु पर्ने अभिव्यक्ति दिएका छन् । यो अभिव्यक्तिका कारण यतिबेला उनी सामाजिक सञ्जालमा विवादमा तानिएका छन् ।

सामाजिक सञ्जालमा उनको धेरै आलोचना भइरहेको छ । विभिन्न पार्टीका नेताहरुले उनको राजिनामा  समेत माग गरेका छन् । 

हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए । उक्त कार्यक्रममा उनले भने, ‘अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’

प्रतिक्रिया