सौर्यशमशेरको निधनप्रति नेपाल–भारत उद्योग वाणिज्य संघको समवेदना

राम्रो अनलाइन     १७ फागुन २०७७, सोमबार
सौर्यशमशेरको निधनप्रति नेपाल–भारत उद्योग वाणिज्य संघको समवेदना

नेपाल–भारत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सौर्यशमशेर जबराको निधनप्रति संघले समवेदना व्यक्त गरेको छ । स्वास्थ्य जाँचबाट मुटुमा समस्या देखिएपछि जबरालाई सर्जरीका लागि ०७७ साल फागुन १२ गते भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । 
उनको बिहीबार शल्यक्रिया गरिए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर  उपचार गरिँदै आएकामा आइतबार बिहान निधन भएको हो ।  
१५ मार्च २०११ (१६ औं साधारणसभा) देखि ६ अगस्त २०१३ सम्म कार्यसमिति सदस्यको रूपमा संघमा सक्रिय योगदान दिएका स्व. राणा ६ अगस्त २०१३ (१९ औं साधारणसभा) देखि ७ सेप्टेम्बर २०१५ सम्म नेपाल–भारत उद्योग वाणिज्य संघको महासचिव थिए । 
त्यसैगरी ७ सेप्टेम्बर २०१५ (२१ औं साधारणसभा) देखि ७ नोभेम्बर २०१७ सम्म तथा ७ नोभेम्बर २०१७ (२३ औं साधारणसभा) बाट ५ डिसेम्बर २०१९ सम्म दुई कार्यकाल अध्यक्ष भई संघलाई नेतृत्व प्रदान गरेका थिए ।

राणाको कार्यकालमा नेपालका उद्योग वाणिज्य क्षेत्रका छाता संगठनलाई एकै ठाउँ राखेर नेपाल–भारत उद्योग वाणिज्यसँग सम्बन्धित सन्धि, सम्झौता पुनरावलोकनलगायतमा भूमिका खेलेका थिए ।
उनकै कार्यकालमा नेपाल–भारतबीच द्विपक्षीय पर्यटन संयुक्त कार्यदल कार्यक्रम सुरु गरिएको संघले जनाएको छ ।

बेलायतबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक स्व. राणाको विशेष दख्खल मार्केटिङमा थियो । 
 

प्रतिक्रिया