नयाँ भर्सनमा आयो चर्चित गीत ‘घाम जस्तो जुन हुँदैन’  

राम्रो अनलाइन     २० असोज २०८०, शनिबार


काठमाडौँ– चर्चित लोकदोहोरी गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ नयाँ भर्सनमा आएको छ । करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमाकुमारी दुराको स्वरमा आएको यो गीतलाई नयाँ पुस्ताका कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीको स्वरमा आएको हो ।

गीतको संगीत संयोजक भने  पहिलेकै विनोद बाजुरालीले गरेका हुन् । डा. शिव सुवेदीको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो ‘दृष्यमा खप्तड’ अभियान अन्तर्गत निर्माण भएको छ । जसको निर्देशन पत्रकार डिबी खड्काले गरेका छन् ।

सनम कठायत र सरिता ढुंगानाको अभिनय रहेको भिडियो सिनेमाटोग्राफी दिपक गिरीले गरेका छन् । सम्पादन र कलर प्रविन भट्ट रहेका छन् । आफ्नो संगीत करियरको टर्निङ प्वाइन्टका रुपमा रहेको गीतलाई नयाँ पुस्तामाझ पुर्‍याउन नयाँ भर्सनमा सार्वजनिक गरिएको गीतकार सुवेदीले बताए । उनले भने, ‘आफूलाई मन परेको सिर्जना नयाँ पुस्ताका दर्शकस्रोता माझ पुर्याउने धोको थियो । पूरा भएको छ ।’

प्रतिक्रिया