पूर्वप्रधानमन्त्री भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै

राम्रो अनलाइन     १० फागुन २०७७, सोमबार

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको आज स्वास्थ्य परीक्षण हुने भएको छ । 

भारतको नयाँ दिल्लीस्थित 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस'मा स्वास्थ्य परीक्षण हुन लागेको हो । 

आज दिउँसो साढे १ बजे उनको स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात मात्रै रोगको निर्क्यौल हुनुका साथै उपचारका बारे के कसो गर्ने भन्ने टुंगो लाग्नेछ ।

पेटमा समस्याका कारण निदान अस्पतालमा नियमित स्वास्थ्योपचार गरिरहेका भट्टराईमा ट्युमरको आशंका गरिएपछि चिकित्सकको सल्लाहमा उनी आइतबार परीक्षण गर्न दिल्ली गएका हुन् ।

प्रतिक्रिया