‘डिग्री माइला’मा आँचल शर्मा अनुबन्धित 

राम्रो अनलाइन     १८ भदौ २०८०, सोमबार
‘डिग्री माइला’मा आँचल शर्मा अनुबन्धित 

 

रामबाबु गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘डिग्री माइला स् एमए थर्ड क्लास’को शीर्ष भूमिकामा अभिनेत्री आँचल शर्मा पक्का भएकी छन् । यो फिल्ममा आँचललाई दयाहाङ राईको अपोजिटमा कास्ट गर्न लागिएको निर्देशक गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

आँचल अनुबन्धित भएसँगै अब यो फिल्ममा कलाकारको लाइनअप पूरा भएको छ । निर्देशक तथा निर्माता गुरुङले आँचलसँग फिल्मलाई लिएर सहमति भएको बताए । यसअघि माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे पनि फिल्ममा जोडिइसकेका छन् ।

यो फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन । आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । शीर्ष भूमिकामा दयाहाङले अभिनय गर्नेछन् ।

फिल्मको छायांकन दुई चरणमा हुने भएको छ । पहिलो चरणको छायांकन असोज १ गतेदेखि दोस्रो चरणको छायांकन मंसिर १ गतेदेखि सुरु हुने जनाइएको छ । फिल्मलाई २०८१ सालको वैशाख १ गते रिलिज गर्ने बाँसुरी फिल्म्सले जनाएको छ । यो फिल्मपछि रामबाबु ‘कबड्डी ५’ को तयारीमा लाग्नेछन् ।

प्रतिक्रिया