तेक्वान्दोका अन्तर्राष्ट्रिय जज अशोक सहित तीन तेक्वान्दोकर्मीलाई दक्षिण कोरियामा सम्मान

राम्रो अनलाइन     २३ साउन २०८०, मङ्गलबार
तेक्वान्दोका अन्तर्राष्ट्रिय जज अशोक सहित तीन तेक्वान्दोकर्मीलाई दक्षिण कोरियामा सम्मान

 

काठमाडौँ — दक्षिण कोरियास्थित नेपाली दूतावासले मंगलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ । दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा।डा। ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरू राजु क्षेत्री, अशोक खड्का र भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान प्रदान प्रदान गरिन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रूपमा नेपालको नाम राख्न सफल भएकाले त्यसका लागि उनीहरूलाई सम्मान गरिएको हो ।

दक्षिण कोरियामा आइतबार सम्पन्न विश्व वरीयता जी–वानअन्तर्गत किमुन योङ कप तेक्वान्दो च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्रीद्वय राजु र अशोकले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

उक्त प्रतियोगिता दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजनामा तेक्वान्दोका संस्थापक अध्यक्ष डा. किमुन योङको स्मृतिमा भएको हो । तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर लामो समय दक्षिण कोरियामा रहेर नेपाली तेक्वान्दोको प्रवर्द्धन लागिरहेका व्यक्तित्व हुन् ।

ग्यारोगी तथा पुम्सेका निर्णायक खड्का प्रतियोगिताका लागि दक्षिण कोरिया पुगेका हुन् । क्षेत्रीद्वयले भने दक्षिण कोरियालाई आफ्नो कर्मस्थल बनाउँदै आएका छन् ।

प्रतिक्रिया