काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका हुन् । दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको हो । अन्य पार्टीका नेताहरु पनि अस्पताल आउने क्रम जारी छ ।
दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिइन्।