प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता 

राम्रो अनलाइन     १८ जेठ २०८०, बिहिबार
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता 

 

नयाँदिल्ली–भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । 
    
सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । 

दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन  आयोजना गर्नेछन् । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नेछन्।

प्रतिक्रिया