प्रधानमन्त्री दाहालसँग सुरक्षा सल्लाहकार डोभालको भेट

राम्रो अनलाइन     १७ जेठ २०८०, बुधबार
प्रधानमन्त्री दाहालसँग सुरक्षा सल्लाहकार डोभालको भेट

 

नयाँदिल्ली–भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री दाहाललाई भेट्न डोभाल उनी बसेको होटल मौर्यमा पुगेका थिए । आज अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो । 

यसैबीच आजै प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि आजै नयाँ दिल्ली आइपुगेका हुन्। 
 

प्रतिक्रिया