विक्रम र सज्जाको गल्ती २ सार्वजनिक 

राम्रो अनलाइन     ०७ फागुन २०७७, शुक्रबार

विक्रम बरालको स्वरमा रहेको गल्ती को सफलता पछि विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत गल्ती २ सार्वजनिक भएको छ । प्रदीप चापागाईंको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ। 

गीतमा  विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।

प्रतिक्रिया