जुम्लामा खुल्यो जेसीबीको आउटलेट

राम्रो अनलाइन     ०४ फागुन २०७७, मङ्गलबार
जुम्लामा खुल्यो जेसीबीको आउटलेट

नेपालका लागि जेसीबी अर्थमूभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रा‍.लि.ले जुम्लामा आफ्नोे ‘अथोराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरू गरेको छ ।

नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने छन् ।

नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेश सदस्य तथा लेखा समितिका संयोजक दीनबन्धु श्रेष्ठले गरेका थिए । यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरूको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट शुरू गरेको अंकित जनरल स्टोरका चन्द्र खड्काले बताए ।

उद्घाटन समारोहमा जुम्ला र छिमेकी जिल्लाका ग्राहकहरूको सहभागिता रहेको थियो । यो सहित जेसीबीले नेपालमा २० वटा ‘एआरओ’ स्थापना गरिसकेको छ ।

धादिङको गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, हरिओन, हिले, फिदिम, चन्द्रौटा, दमौली, पश्चिम रुकुम र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र सञ्चालन भइसकेका छन् ।

जेसीबीका मेसिनहरूको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।

प्रतिक्रिया