६ महिनामा आठ खर्बको आयात, ९८ अर्बको निर्यात 

राम्रो अनलाइन     ०७ माघ २०८१, सोमबार
६ महिनामा आठ खर्बको आयात, ९८ अर्बको निर्यात 


काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुस) मा आयात र निर्यात दुवैमा सुधार आएको छ। ६ महिनामा आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने निर्यात ३१.८ प्रतिशतले बढेको छ।

अर्थ मन्त्रालयका अनुसार गत वर्षको यसै अवधिमा ३.१ प्रतिशले आयातमा गिरावट आएको थियो भने निर्यात ७.२ प्रतिशतले घटेको थियो। वर्षको पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा ९८ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको छ। गत वर्ष यसै अवधिमा ७ खर्ब ६८ अर्ब रुपैयाँको आयात हुँदा ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो।

प्रतिक्रिया