यसकारण नेपाल, ओमान र अमेरिकाको एकदिवसीय सिरिज स्थगित

राम्रो अनलाइन     ३० माघ २०७७, शुक्रबार

नेपालले विश्व क्रिकेट लिग-टू अन्तरगत ओमान र अमेरिकासँग खेल्ने भनिएको सिरिज स्थगित भएको छ ।

सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । त्यसकै तयारीस्वरूप नेपालले बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो ।

पछिल्लो समय कोभिड-१९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्टि्रक्सन लगायत कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि नेपालले यी दुई देशसँग घरेलु मैदान एक सिरिज खेलेको थियो । जसमा ओमान बलियो देखिएको थियो ।

प्रतिक्रिया