अमेरिकाले म्यानमारमाथि प्रतिबन्ध लगाउँदै, राष्ट्रपति बाइडेनले गरे प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर

एजेन्सी     २९ माघ २०७७, बिहिबार
अमेरिकाले म्यानमारमाथि प्रतिबन्ध लगाउँदै, राष्ट्रपति बाइडेनले गरे प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेको बताएका छन्।

बाइडेनले आदेशमा हस्ताक्षर गरेपछि अमेरिकीले पहिलो चरणमा एक साताभित्र कसलाई के-केमा प्रतिबन्ध लगाउने भन्ने निर्क्यौल गर्नेछ। पहिलो चरणमा अमेरिकामा रहेको म्यानमार सरकारको १ अर्ब अमेरिकी डलरमा सैनिक जनरलहरूको पहुँच पनि रोक्ने बताइएको छ। 

बाइडेनले नेतृ आङ सान सुकीसहित अन्य नेताहरूलाई  तत्काल रिहा गर्न र सत्ता हस्तान्तरण गर्न पनि म्यानमारको सेनालाई भनेका छन्।

सन् २०११ मा सैनिक शासनको अन्त्य भएको म्यानमारमा सेनाले फेरि कू गरेपछि अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ।

म्यानमारमा पनि निधेषाज्ञाका बाबजुद् दिनदिनै हजारौं मानिसले सडकमा प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया