विश्वभार कोरोना सङ्क्रमितको सङ्ख्या १७ प्रतिशतले घट्यो

एजेन्सी     २८ माघ २०७७, बुधबार
विश्वभार कोरोना सङ्क्रमितको सङ्ख्या १७ प्रतिशतले घट्यो

जेनेभा, २८ माघ (एएनआई) : कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरूको सङ्ख्यामा १७ प्रतिशतले कमी आएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो ।

पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जनाएको विवरण   सीएनएनले सार्वजनिक गरेको छ । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरूको भनाइ छ ।

झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम सङ्क्रमित अहिले नै भएको तथ्याङ्कमा उल्लेख छ ।  

अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरूमा पनि सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ । 

त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो सङ्ख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो । 
 

प्रतिक्रिया