एपीएफलाई महिला क्रिकेट उपाधि

राम्रो अनलाइन     १८ फागुन २०७८, बुधबार
एपीएफलाई महिला क्रिकेट उपाधि

 

काठमाडौँ– ललितपुर मेयर कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिातको उपाधि सशस्त्र प्रहरी बलको ९एपीएफ क्लब० ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । एक सय १४ रनको विजय लक्ष्य एपीएफले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । यससँगै एपीएफले प्रतियोगिताको उपाधि रक्षा गरेको छ । अघिल्लो संस्करणमा पनि एपीएफले सुदूरपश्चिमलाई नै हराएर उपाधि जितेको थियो ।

सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३६ रन बनाइन् । डली भट्टले ३६, कविता कुँवरले अविजित २४ र रेवती धामीले १० रन बनाइन् । बलिङमा एपीएफकी सुस्मा श्रेष्ठले दुई विकेट लिइन् । एक सय १४ रनको विलय लक्ष्य पूरा गर्न एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक ४३ रन बनाइन् । इन्दु बर्माले अविजित २९ र सिता रानामगरले १९ रन बनाइन् । बलिङमा सुदूरपश्चिमका सम्झना खड्का र लक्ष्मी साउँदले एक एक विकेट लिइन् ।

उपाधिसँगै एपीएफले दुई लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता सुदूरपश्चिमले एक लाख रुपियाँमा चित्त बुझायो । एपीएफकी ज्योती पाण्डे ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भइन् । उनले २५ हजार रुपियाँ हात पार्नुभयो । फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ र ब्याटिङतर्फ पनि उत्कृष्ट घोषित ज्योतीले थपे १५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे । उत्कृष्ट बलर घोषित इश्वरी विष्टलाई पनि १५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया