युद्धमा होमिए युक्रेनी सुन्दरी

एजेन्सी     १७ फागुन २०७८, मङ्गलबार
युद्धमा होमिए युक्रेनी सुन्दरी

 

रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई युद्धमा सहभागी हुन आह्वान गरेका थिए। रुसी अतिक्रमणबाट आफ्नो देशलाई बचाउन पुरुषमात्र नभई युक्रेनी महिला पनि युद्धमा होमिएका छन्। युक्रेनी महिला सांसददेखि ब्युटी क्विनसमेत रुसविरुद्ध हतियार उठाएका छन्। 

युक्रेनकी सांसद किरा रुदिकले रुसी आक्रमणविरुद्ध सबै युक्रेनी संगठित हुनुपर्ने बताउँदै युद्ध लड्न आह्वान गरेकी छन्। 
‘एके–४७’ समातेको तस्बिरसमेत उनले आफ्नो ट्विटर ह्यान्डलमा राखेकी छन्। उनले लेखेकी छन्, ‘मैले बन्दुक चलाउन सिकिसकेँ। अनौठो लाग्छ, केही दिनअगाडिसम्म यो कुरा मेरो दिमागमा छँदै थिएन। हाम्रा महिलाले पनि पुरुषजस्तै आफ्नो धर्तीको रक्षा गर्नेछन्।’

अर्की सांसद लेसिया वासिलेन्कोले भनेकी छन्– ‘हाम्रो देश युद्धमा छ। अहिले हामीसँग प्रशिक्षण गर्ने समय छैन। हामी सबैजना आआफ्नो लडाइँ लडिरहेका छौँ।’ 

सन् २०१५ मा ‘मिस ग्रान्ड इन्टरनेसनल ब्युटी कन्टेस्ट’ मा युक्रेनको प्रतिनिधित्व गरेकी अनस्तलिया लेनाले पनि देशको रक्षाका लागि हतियार उचालेकी छन्। अन्य युक्रेनीजस्तै उनी पनि युद्धमा सामेल भएकी छन्। आफ्नो इन्स्टाग्राममा उनले हतियारसहितका तस्बिर सेयर गरेकी छन्।

प्रतिक्रिया