महिला उद्यमी महासंघ नेपालको वार्षिक साधारणसभा सम्पन्न 

राम्रो अनलाइन     २९ पुस २०७७, बुधबार
महिला उद्यमी महासंघ नेपालको वार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं : नेपालभरिका महिला उद्यमी संघहरूको छाता संगठन महिला उद्यमी महासंघ नेपालको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
महासंघको सचिवालय विशालनगर काठमाडौंमा सम्पन्न साधारणसभामा कोभिड–१९ महामारीका बाबजुद महासंघ पदाधिकारीको भौतिक उपस्थिति तथा अन्य सदस्यहरू भर्चुअल माध्यमबाट सहभागी थिए । 

साधारणसभामा महासंघकी महासचिव सुनिता वैद्य श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । महासंघले अवलम्बन गरेका कोभिड– १९ विरुद्धको प्रतिकार्यको महिला उद्यमी लक्षित कार्यक्रम तथा परियोजनाअन्तर्गतका विभिन्न क्रियाकलापसम्बन्धी विवरण प्रस्तुत गरिएको श्रेष्ठले जानकारी दिइन् ।
महासंघकी कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठले  पेस गरेको आव ०७६÷७७ को आयव्यय विवरण साधारणसभाले पारित गरेको छ ।

कार्यक्रममा महासंघकी अध्यक्ष रीता सिंहले महिला उद्यमीले हरेक वर्षझैं यस वर्ष पनि प्रकाशित गरेको १० औं इन्टरप्राइज पुस्तकको विमोचन गरिन् । 
महासंघले कर्पोरेट सामाजिक उत्तरदायित्वमा आधारित महिला उद्यमशीलता कोषको सुरुआत गरेको छ । यो कोषमा जम्मा भएको रकम महिलाको उद्यमशीलता विकास, बजारीकरण, संकलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सिर्जनामा खर्चिने सिंहले जानकारी दिइन् ।
साधारणसभा अवसरमा यस वर्षको उत्कृष्ट जिल्ला संघका रूपमा क्रमशः झापा, चितवन, पाल्पा र इलामलाई नगद पुरस्कारसहित सम्मानपत्र वितरण गरिएको थियो । 
 

प्रतिक्रिया