भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुटेपछि गएको बाढीका कारण अझै १५० मानिस हराइरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार गएको बाढीमा प्रभावितको उद्दार सोमबार पनि जारी रहेको छ ।
दोस्रो दिन सुरुङमा फसेका मजदूरको उद्दार कार्य भइरहेको बताइएको छ । जेसीबी प्रयोग गरी सुरुङमा भरिएको लेदो हटाइरहेको छ । सुरुङमा ४० फिटसम्म लेदो भरिएको बताइएको छ ।
सो घटनामा हालसम्म ११ जनाको शव भेटिएको छ ।