लाइसेन्सका लागि लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

राम्रो अनलाइन     २५ माघ २०७७, आइतबार
लाइसेन्सका लागि लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म प्रयोगात्मक (ट्रायल) परीक्षा दिन पाउने भएका छन् । 

यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्तासमेत रहेका डा. लोकनाथ भुसालले आइतबार सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, सूचनामा भनिएको छ ।

यसअघि लिखित परीक्षा पास हुनेले ९० दिनभित्रमा तीनपटकसम्म ट्रायल परीक्षा दिन पाउने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया