गत २४ घण्टामा देशभर थपिए १०५ कोरोना संक्रमित, २ जनाको मृत्यु

राम्रो अनलाइन     २३ माघ २०७७, शुक्रबार

गत २४ घण्टामा १०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो गत २४ घण्टामा देशभर १०५ जनामा संक्रमण पुष्टि भएको हो । 

यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७१  हजार ७०७ पुगेको छ । पछिल्लो २४ घण्टामा २७२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। कोरोनामुक्त हुने संक्रमितको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या २ हजार १०८ रहेको छ भने ९२ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया