राजेशपायल राईको स्वर रहेको ‘हौवा हौ’ शीर्षकको गीत पाँच दिनअघि सार्वजनिक भएको हो । विकास संगम राईको शब्द, विक्रम राईको संगीत रहेको गीतको एरेन्जर दिवेश राई हुन् । रेकर्डिङ स्टुडियोभित्र छायाँकन गरिएको यस गीतको भिडियोमा राजेशपायल स्वयंम देखिएका छन् । भिडियोलाई धन खालिङले छायाँकन एवं सम्पादन गरेका हुन् ।
राजेशपायलकै युट्युब च्यानलमा सार्वजनिक यस गीतको भिडियोलाई अहिलेसम्म २ लाख ३५ हजार पटक हेरिएको छ ।