भीम र अस्मिताको ‘मिनरल वाटर २’

राम्रो अनलाइन     ०५ भदौ २०७८, शनिबार

भीम विष्ट र अस्मिता अधिकारीको स्वरमा बिहीबारमात्रै ‘मिनरल वाटर २– पोइला जान्छौ त रु’बोलको गीत सार्वजनिक भएको हो । एक वर्षअघि सार्वजनिक ‘मिनरल वाटर’ निकै चलेको गीत हो । सोही गीतलाई बजारमा ल्याएको ईनाक्षी ईन्टरटेन्मेन्टले नै ‘मिनरल वाटर २’ ल्याएको हो । यस गीतमा भीम विष्टको शब्द तथा संगीत, कृष्ण भान्जाको एरेन्ज रहेको छ ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा भीम विष्ट, सुधिर श्रेष्ठ, गीता ढुंगाना र लोसिना लामिछानेको अभिनय छ । पवन सुस्लिङले यस भिडियोको छायाँकन एवं सम्पादन गरेका हुन् । भिडियोले एक दिन नबित्दै ६५ हजार भ्यूज पाउँदै युट्युब ट्रेन्डिङमा उक्लिएको छ ।

प्रतिक्रिया