एलिना र जिवेशको ‘कराई धोइदेउन’

राम्रो अनलाइन     ०५ भदौ २०७८, शनिबार

एलिना चौहान र जिवेश सिँह गुरुङको स्वरमा बिहीबार ‘कराई धोइदेउन’बोलको ग्ीत सार्वजनिक भएको हो । एलिनाको शब्द, भीम कुसारीको संगीत रहेको गीतलाई जिवन बडुले एरेन्ज गरेका हुन् ।

जिवेशकै निर्देशनमा तयार भिडियोमा जिवेश, एलिनासँगै संगम भण्डारी, बनुराम शाक्य, कमल मैनाली लगायतको अभिनय छ । निमबाबु तामाङको कोरियोग्राफी, रुपेश थापा र महाविर कार्कीको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । रमाईलो यस गीतको भिडियोलाई पनि रमाईलै तरिकाले प्रस्तुत गरिएको छ । भिडियो सार्वजनिक भएको एक दिन नबित्दै १ लाख २५ हजार बढी भ्यूज पाएको छ । यो गीत पनि युट्युब ट्रेन्डिङको १८ नम्बरमा छ ।

प्रतिक्रिया