अभिनेत्री करिष्मा मानन्धरले चार दिनअघि ‘आउ न संगी हो गाउँ न मिलेर’बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । नृत्य निर्देशक गोविन्द राईको शब्द, साज सिंहको संगीत रहेको गीतमा मेलिना राईले स्वर दिएकी छिन् ।
के।बि फिल्मसको प्रस्तुती, गोविन्द राईको निर्देशनमा बनेको गीतको भिडियोमा करिष्मा मानन्धर, सम्झना बुढाथोकी, क्षितजा शाक्य, तेञ्जु योञ्जन, सुप्रिया योञ्जन, बसु तामाङ लगायतको अभिनय छ । मदन कश्यप घिमिरेको छायाँकन रहेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । करिष्माकै युट्युबमा सार्वजनिक भिडियोले १ लाख ८ हजार बढी भ्यूज पाएको छ ।