माघको अन्तिममा कतारसँग खेल्ने भनिएको टी-ट्वेन्टी सिरिज स्थगित भएको छ ।
कतारमा कोभिडका मामलाहरु थप भएपछि स्वास्थ्य सुरक्षामा चुनौती थपिएको भन्दै सरकारले कडाइ गरेपछि आयोजकले सिरिज स्थगित गर्ने बारे क्यानलाई जानकारी दिएको हो।
सिरिजका लागि क्यानले खेलाडीहरुलाई आजबाट बन्द प्रशिक्षणमा बोलाएको थियो। सिरिजका लाग बन्द प्रशिक्षणमा १८ खेलाडीहरुलाई बोलाउँदा पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने, सरद भेषवाकर लगायतका सिनियर खेलाडीहरुलाई बिश्राम दिएको थियो।