म्यानमार सैनिकले गर्यो 'कू', आङ सान सू की र अन्य नेताहरु गिरफ्तार

एजेन्सी     १९ माघ २०७७, सोमबार

म्यानमारमा त्यहाँका सेनाले नेतृ आङ सान सू की र राष्ट्रपति विन मिन्टसहित अन्य नेताहरुलाई पक्राउ गरेको छ। म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू कीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू कीलाई पक्राउ गरिएको हो।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।

सोमबार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।

प्रतिक्रिया