वात्सल्यमा ४० वर्षमाथिका महिलाका लागि निस्शुल्क टीभीएस जाँच र विशेषज्ञ परामर्श

राम्रो अनलाइन     ०९ साउन २०७८, शनिबार
वात्सल्यमा ४० वर्षमाथिका महिलाका लागि निस्शुल्क टीभीएस जाँच र विशेषज्ञ परामर्श

काठमाडौं : निस्सन्तान दम्पतिका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा(सुविधा उपलब्ध गराउन शुरुवात गरेका केही स्वास्थ्य सँस्था मध्येको एक वात्सल्य आईभिएफले निरन्तर आफ्नो सेवालाई थप गुणस्तरीय बनाएको छ।

सफलता दर अझ उच्च बनाउन यसले हालैमा स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसी जस्ता नयाँ प्रविधि भित्र्यायो तर आईभिएफ सफलता प्रविधिसँगै उपचारमा संलग्न विशेषज्ञ, दम्पतिको उच्च मनोबल, सकारात्मक सोच र विशेषज्ञको विशेष निगरानी जस्ता मनोवैज्ञानिक कारणले पनि प्रभावित हुन्छ।

निस्सन्तान विशेषज्ञ को मिजासिलो व्यवहार, उचित परामर्श, आवश्यक चेक(जाँचका लागि उपलब्धता  आदिले पनिसफलतामा निकै ठूलो भूकिमा खेल्ने देखिएको छ । त्यसैले सेवाग्राहीलाई निजीकृत सेवा प्रदान गर्न वात्सलले आफ्नो निस्सन्तान विशेषज्ञको संख्या वृद्धि गरेको छ ।

वात्सल्यमा आबद्ध दुई नयाँ विशेषज्ञमध्ये डा। सुमी मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत छिन् र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बाट एमडीमा गोल्ड मेडलिष्ट पनि छिन् ।

यस्तै डा। निजा राजभण्डारीले लखनउमा छात्रवृत्तिमार्फत् आईभीएफ सम्बन्धी  अध्ययन गरे । विगत ३ वर्षको सेवामा आफ्नो कार्य दक्षताका कारण उनले ‘सर्वोत्कृष्ट कर्मचारी’ उपाधि पनि प्राप्त गरे । उपचारमा उनीहरुको संलग्नताले सफलता दरमा थप टेवा पुग्ने विश्वास वात्सल्यले लिएको छ ।

खासगरी ४० वर्ष माथिका महिलाले धेरै वर्ष सन्तान प्राप्त गर्न नसक्दा हरेश खाइसकेका हुन्छन् । उचित निदान र उपचार गरे  सन्तान प्राप्ति सम्भव भएको कारण, आधुनिक उपचारको सम्भावना पहिल्याउन मद्दत गर्न वात्सल्यले उहाँहरुको लागि श्रावण मसान्त सम्म लागू हुने गरी निस् शुल्क टिभिएस जाँच तथा निस्शुल्क चिकित्सक परामर्शको योजना ल्याएको छ ।

यसले आईयूआईरभीआईएफका साथै अन्य निस्सन्तान उपचार विधिबारे जान्नेरबुझे मौका प्रदान गर्ने विश्वास वात्सल्यले लिएको छ ।

प्रतिक्रिया