‘टिभिएस एनटर्क(रेस एडिसन’ नेपाली बजारमा आउँदै

राम्रो अनलाइन     ०९ साउन २०७८, शनिबार
‘टिभिएस एनटर्क(रेस एडिसन’ नेपाली बजारमा आउँदै

टिभिएस मोटर कम्पनीद्वारा निर्मित टिभिएस एनटर्क १२५ स्कूटर फेब्रुअरी २०१८ नेपालमा लन्च गरिएको थियो । टिभिएस एनटर्क १२५ को स्कूटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन(बिल्ट ल्याप(टाइमर र सर्भिस रिमाइन्डरको साथ० इन्जिन किल स्विच, स्टिल्थ इन्स्पायर्ड स्टाइलिङ जस्ता सबैभन्दा पहिले दाबी गर्छ ।

सन् २०१८ मा टिभीएस एनटर्क १२५लाई नेपालमा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कूटरको रूपमा सुरू गरिएको थियो र यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कूटरको रूपमा स्थापित गर्न सक्षम भएको छ ।

केही वर्षदेखि, ब्रान्ड उद्योगको पहिलो प्रविधि, बेजोड शैली, र चयन अन्तर्राष्ट्रिय बजारहरूमा उत्कृष्ट प्रदर्शनको पर्यायवाचीमा यो स्थापित भएको छ । एक वर्षपछि सन् २०१९ मा यो नेपालको सबै भन्दा छिटो वृद्धि गर्ने स्कूटरको रुपमा परिचित हुन सफल भएको छ ।

सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५(सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्रि हुने प्रिमियम स्कूटरको रुपमा स्थापित भएको छ ।

टिभिएसको कस्टोमर डिमान्डको सोल अथोराइज्ड डिस्ट्रिब्युटरको रुपमा, जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टिभिएस एनटर्क रेस एडिसनलाई ‘बेस्ट इन क्लास स् पिक अप, पावर, पर्फमेन्स, बेटर देन एफआई’ नाराको साथ नेपाली बजारमा भर्चुअल लन्चद्वारा जगदम्बा मोटर्सको अफिसिएल फेसबुक पेजबाट २५ जुलाई २०२१ को साँझ ५ बजेबाट लन्च गर्ने भएको छ ।

प्रतिक्रिया