कोरोना खोप लगाएका शिक्षण अस्पतालका सात जनामा समस्या 

राम्रो अनलाइन     १५ माघ २०७७, बिहिबार

कोरोनाविरुद्धको खोप लगाएकामा साइड इफेक्ट देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका दुई चिकित्सकसहित सात जनामा सामान्य समस्या आएको हो ।

अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेका अनुसार बुधबार खोप लगाएका सात जनामा बिबिरासहित सामान्य असर देखिएको हो । बिबिरा,ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने जस्ता लक्षण देखिए उनले जानकारी दिएका छन् ।

नेपालमा बुधबारदेखि भारतले प्रदान गरेको कोभिसिल्ड खोप अग्रपंतिमा खटिएका चिकित्क, स्वास्थ्यकर्मी, शव व्यवस्थापक, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयसेविका, सफाईकर्मी, कैदी, खोप केन्द्रमा खटिएका सुरक्षाकर्मी लगायतलाई खोप दिन थालिएको छ ।

भारतले दिएको १० लाख डोज साढे चार लाखलाई दिइने बताइको छ ।

प्रतिक्रिया