३२ करोडमा बन्यो चाँंगुनारायण नगरपालिकाको अत्याधुनिक भवन

राम्रो अनलाइन     ३० मंसिर २०८०, शनिबार
३२ करोडमा बन्यो चाँंगुनारायण नगरपालिकाको अत्याधुनिक भवन

भक्तपुर– चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ ।  नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न  भवनको हिजो उद्घाटन गरेका हुन् । चाँंगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण  भएको होे ।

त्यस अवसरमा नगरको विकासमा  विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई  सेवा प्रवाह गर्न सहज हुने बताए । 

 नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले रु तीन करोड, केन्द्र सरकारबाट रु सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया