अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेट अन्तर्गत अहिले नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध होबार्ट हुरिकेन्स र सिड्नी सिक्सरबीच खेल भइरहेको छ । जारी खेलमा सन्दीपले टिमका लागि एकै ओभरमा २ विकेट लिएका छन् ।
सन्दीपले आफ्नो व्यक्तिगत तेस्रो ओभरमा विकेट लिएका हुन् ।
सन्दीपले टिमका लागि महत्वपूर्ण विकेट लिँदै ‘ब्रेक थ्रू’ दिएका छन् । ४३ रन बनाएर खेलिरहेका मोसेस हेनरिकलाई पेभिलियन पठाएका हुन् । उनले व्यक्तिगत तेस्रो ओभरको चौँथो बलमा हेनरिकको विकेट लिएका हुन् । त्यस्तै लगातार अर्को बलमा सन्दीपले ड्यानियल क्रिष्टियनलाई बोल्ड आउट गरेका हुन् ।
सन्दीपले ४ ओभर बलिङ गर्दा २४ रन खर्चिए ।
मेल्बर्न क्रिकेट मैदानमा भइरहेको खेलमा सिड्नीले टस जितेर होबार्टलाई ब्याटिङको निम्ता दिएको थियो ।
होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनायो । अहिले सिड्नीले १८९ रनको लक्ष्य पछ्याइरहेको छ ।
सिड्नीले १५ औँ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै १२८ रन बनाएको छ ।