सुर्खेत मेडिकल कलेज स्थापनार्थ डिपिआर तयार गरिने

राम्रो अनलाइन     १५ जेठ २०७८, शनिबार
सुर्खेत मेडिकल कलेज स्थापनार्थ डिपिआर तयार गरिने

कर्णाली, १५ जेठ : नेपाल सरकारले आगामी आव०७८÷०७९ मा सुर्खेत मेडिकल कलेज स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने भएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज गरेको बजेट भाषणमा सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताएका हुन् । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने कुरा सरकारले बजेटमै ल्याउनु अत्यन्तै सकरात्मक भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाडम्बर खड्काले बताए ।  

कर्णाली प्रदेशका नागरिक अगुवा पीताम्बर ढकालले बजेटमा आउनु सकरात्मक रहेको तर कार्यान्वयन तहमा ढुक्क भएर बस्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए । उनले भने, “अहिले एक डेढ वर्ष अघिदेखि मेडिकल कलेज स्थापनाका लागि भनेर वीरेन्द्रनगर सुर्खेतको कालिञ्चोकमा कार्यालय छ । कर्मचारी बसेका छन् तर जग्गाको पहल गरिएको छैन । 

सरकारले आज  गरेको बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि प्रदेश नं २ को बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जनाइएको छ । 
 

प्रतिक्रिया