राष्ट्रिय महिला लिग फुटबल स् सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

राम्रो अनलाइन     ०८ माघ २०७७, बिहिबार

काठमाडौँ, ८ माघ : राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो । 

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले  खेलको १४औँ मिनेटमा खेलमा अग्रता लिएको थियो । उसका लागि भण्डारीले पहिलो गोल गरेकी थिइन् । खेलको २२औँ मिनेटमा एपिएफले थप एक गोल गरेको थिया । मध्यान्तरपछिको खेलमा एपिएफका लागि खेलको ६१औँ मिनेटमा भण्डारीले नै गोल गरेकी थिइन् । लगत्तै एपिएफका लागि अनिता बस्नेतले गोल गरिन् । खेलको ७१ औँ मिनेटमा एपिएफका लागि पाँचौ गोल भण्डारीले नै गरेकी थिइन् भने खेलको ८९ औँ मिनेटमा एपिएफका लागि छैटौँ गोल प्रिती राईले गरेकी थिइन् । 

प्रतिक्रिया