तीन करोड जरिबाना र ६ महिना कैद तोकिएका फरार प्रतिवादी समातिए

राम्रो अनलाइन     ३१ वैशाख २०८३, बिहिबार
तीन करोड जरिबाना र ६ महिना कैद तोकिएका फरार प्रतिवादी समातिए

काठमहाडौं – राजस्व चुहावट मुद्दामा कैद र जरिबाना तोकिएका फरार प्रतिवादी प्रविन्द्र साह गोढ पक्राउ परेका छन् । 

मुद्दा चलेदेखि नै फरार रहेका वीरगंज महानगरपालिका–३१ निवासी ४२ वर्षीय साहलाई फैसला कार्यान्वयनका लागि बुधबार पक्राउ गरिएको जानकारी दिए । 

राजस्व चुहावट मुद्दामा साहलाई अदालतबाट ६ महिना कैद सजायसँगै तीन करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिबाना तोक्नेगरी अन्तिम फैसला भएको थियो ।

साह अभिनाश इन्टरनेसनल प्रालिका सञ्चालक रहेको जनाइएको छ । प्रहरीसँगको समन्वयमा उनलाई वीरगंज महानगरपालिका– ३२ मा घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । 

प्रतिक्रिया